नियम ३०
निर्णयमा चित्त नबुझेमा निवेदन दिन सकिने
(१) एकल बिन्दु सेवा केन्द्रमा खटिएका कर्मचारीबाट भएको काम कारबाहीको सम्बन्धमा चित्त नबुझेमा सम्बन्धित व्यक्तिले सो केन्द्रको प्रमुखसमक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन .प्राप् भएमा एकल बिन्दु सेवा केन्द्रको प्रमुखले आवश्यक जाँचबुझ गरी सम्बन्धित कर्मचारीलाई आवश्यकता अनुसार निजको कार्यसम्पादनमा सुधार गर्न, सचेत गराउन वा प्रचलित सेवा शर्त सम्बन्धी कानून बमोजिम कारबाही गर्न सक्नेछ।
(३) एकल बिन्दु सेवा केन्द्रबाट भएको कामकारबाही वा निर्णयका सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो कामकारबाही वा निर्णयको जानकारी पाएको मितिले पन्ध्र दिनभित्र मन्त्रालयको सचिव समक्ष निवेदन दिन सक्नेछ।
(४) उपनियम; (३) बमोजिम कुनै निवेदन प्राप्त हुन आएमा मन्त्रालयको संचिवले आवश्यक जाँचबुझ गरी सो सम्बन्धमा आवश्यक निर्देशनसहित निर्णय पुनरावलोकनका लागि एकल बिन्दु सेवा केन्द्रमा पठाउन सक्नेछ।